सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकप्रिय नाराले मात्रै देश चल्दैन : प्रकाशमान सिंह

बिहीबार, ०४ फागुन २०७९, २१ : २१
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ  । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताए ।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको बताए। राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ ।  त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे।

जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसारअघि बढ्नुपर्ने उनको भनाइ छ । नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप