क्लासिक डान्सर डा.कनक रेलेको निधन
मुम्बई । पद्यभुषण र पद्यश्रीबाट सम्मानित क्लासिक डान्सर डा.कनक रेलेको निधन भएको छ । रेलेको ८५ वर्षको उमेरमा मुम्बईमा बुधबार निधन भएको हो । जसको जानकारी अभिनेत्री हेमा मालिनीले आफ्नो इष्टाग्राममार्फत दिएकी हुन् । उनले कनकको साथ आफ्नो तस्बिर शेयर गर्दै निधनप्रति शोक समेत व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘शास्त्रीय नृत्य क्षेत्रको एक महान युगको अन्त भएको छ ।’
रेले मोहिनी अट्टयम नृत्यमा पारंगत थिइन् । उनले यो नृत्यबाट देश तथा विदेशमा पहिचान बनाएकी छन् । क्लासिक डान्सको क्षेत्रमा उनले एउटा क्रान्ति ल्याएकी छन् । क्लासिकल डान्सरको अलवा उनी राम्रो कोरियोग्राफर समेत हुन् । उनी नृत्यको अलवा अनुहारको एक्सप्रेशनबाट पनि दर्शकको मन जित्ने गर्थिन् । यही कारण उनी भारतको मोहिनी अट्टयम नृत्यको नम्बर वान नृत्याङगना बनेकी हुन् । उनलाई भारत सरकारले पद्यश्री र पद्यभुषण जस्ता उच्च सम्मान समेत प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण