बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच के-के भयो कुराकानी ?

बिहीबार, ११ फागुन २०७९, १४ : ०८
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचन र भावी सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालीबीच आधा घण्टा कुराकानी भएको छ । प्रचण्ड र नेपालबीचको भेटवार्तामा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी थिए । 

बैठकपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताए । यस्तै  पाँच दलीय गठबन्धन बिउँताउनेबारे छलफल भइरहेको प्रचण्डको भनाइ छ ।

पाँच दलीय गठबन्धन बिउँताउन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छलफल भइरहेको छ । फाइनल भइसकेको छैन ।’ यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  पनि विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

तर निष्कर्षमा नपुगिसकेको भन्दै देशलाई हित हुने विकल्प रोज्ने उनको भनाइ छ ।  ‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्य देशलाई हित हुने विकल्प रोज्छौँ’ उनले भने ।

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलहरूसँग छलफल भइरहेको बताए । सोही क्रममा एकीकृत समाजवादीसँग पनि कुराकानी गरेको उनको भनाइ थियो ।  ‘राष्ट्रपतिबारे हामीले सबैसँग छलफल गर्दैछौं । टुङ्गोमा पुगिसकेका छैनौँ । गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिसकेको छैन,’उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप