शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेससहितको गठबन्धन ब्युँताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

बिहीबार, ११ फागुन २०७९, १४ : ४३
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेससहितको पुरानो गठबन्धनलाईब्युँताउनेविषय टुंगोमा पुगिनसकेको बताएका छन् । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक पार्टीहरुसँग छलफल जारी रहेकाले निष्कर्षमा पुग्न नसकिएको पनि स्पष्ट पारे । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिए ।  

यसैबीच, कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच आजै अपराह्न ५ बजे बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनका बारेमा निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले पुष्टि गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप