अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
सारांश
- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पलाई विशेष कारण नबताई अधिकांश स्वतन्त्र सङ्घीय एजेन्सीका प्रमुखहरूलाई पदबाट हटाउने अधिकार दिएको छ ।
- यो फैसलाले १९३५ को 'हम्फ्रिज एक्सेक्युटर बनाम युनाइटेड स्टेट्स' मुद्दामा स्थापित नजिरलाई उल्ट्याएको छ ।
- यस निर्णयले राष्ट्रपतीय अधिकारका लागि ठुलो विजय भएको राष्ट्रपति ट्रम्पले बताएका छन् ।
वासिङ्टन डिसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई थप विस्तार गर्ने फैसला सुनाएको छ । अदालतले अब राष्ट्रपतिले अधिकांश स्वतन्त्र सङ्घीय एजेन्सीका प्रमुखहरूलाई कुनै विशेष कारण नबताई पदबाट हटाउन सक्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले ६–३ को बहुमतको निर्णयमार्फत सन १९३५ को ऐतिहासिक ‘हम्फ्रिज एक्सेक्युटर बनाम युनाइटेड स्टेट्स’ मुद्दामा स्थापित नजिरलाई उल्टाएको छ । उक्त नजिरले स्वतन्त्र सङ्घीय एजेन्सीका अधिकारीहरूलाई हटाउने राष्ट्रपतिको अधिकारमा सीमा लगाएको थियो ।
यो फैसला फेडरल ट्रेड कमिसन (एफटीसी)की पूर्व सदस्य रेबेका स्लटरसँग सम्बन्धित मुद्दामा आएको हो । ट्रम्पले उनलाई पदबाट हटाएका थिए, जबकि प्रचलित नियमअनुसार त्यस्तो निर्णयका लागि स्पष्ट र ठोस कारण आवश्यक थियो ।
फैसलापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले यसलाई राष्ट्रपतीय अधिकारका लागि ठुलो विजयको संज्ञा दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘राष्ट्रपतीय अधिकारसम्बन्धी यो इतिहासकै सबैभन्दा महत्त्वपूर्ण निर्णयहरूमध्ये एक हो र यो जित हासिल गर्ने वर्तमान राष्ट्रपति हुन पाउनु मेरा लागि गौरवको विषय हो,’
यो निर्णयले अब राष्ट्रिय श्रम सम्बन्ध बोर्ड, मेरिट सिस्टम्स प्रोटेक्शन बोर्ड तथा उपभोक्ता उत्पादन सुरक्षा आयोगजस्ता अन्य स्वतन्त्र एजेन्सीहरूमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । तर, अदालतले केन्द्री बैंक फेडर रिजर्भलाई भने यस निर्णयबाट अलग राखेको छ ।
सर्वोच्च अदालतले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई तत्काल पदबाट हटाउन अस्वीकार गरेको छ । ट्रम्प प्रशासनले उनलाई हटाउने प्रयासविरुद्ध कुकले कानुनी लडाइँ लडिरहेकी छन् । ट्रम्पले उनीमाथि मोर्टगेज ठगीको आरोप लगाए पनि कुकले ती आरोप अस्वीकार गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
-
'भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण