बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : अध्यक्ष ओली

बिहीबार, ११ फागुन २०७९, १५ : २५
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा उनले पुस १० गते राष्ट्रपति एमाले पाउने सहमति कार्यान्वयन हुने दावी गरे

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’ तर चुनावअघिको गठबन्धन ब्युँताउन कांग्रेस र माओवादीबीच सहमति भइसकेको छ । एकीकृत समाजवादी र जसपालाई साथमा राखेर कांग्रेस र माओवादीबीच आजै साझ पाँच बजे छलफल हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप