शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शीर्ष नेताहरु बीचको बैठक रोकियो

बिहीबार, ११ फागुन २०७९, १५ : ५४
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ । बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो ।  अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरुबीच बैठक बस्ने भन्ने थियो’ मल्लले भने, ‘अन्तमा आएर शीर्ष नेताहरुको कार्यव्यस्तताले बैठक स्थगित भयो ।’ राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्न शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गरिएको छ । संयुक्त बैठक रोकिए पनि एकल रुपमा पुराना गठबन्धनका शीर्ष नेताहरुलाई भेट्ने तयारी गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।

आज बेलुका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेतालाई भेटेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेतालाई भेट्ने तयारी छ’ ती नेताले भने । ‘राष्ट्रपतिका विषयमा समझदरी भैहसकेको छैन, छलफल जारी छ, एमालेसँग पनि राष्ट्रपतिका विषयमा छलफल हुन्छ’ माओवादीका नेताहरुले राष्ट्रपतिका विषयलाई लिएर सत्ता बाहिर नजाने दाबी गरिरहेका छन् ।

राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । प्रचण्ड र नेपालको भेटमा उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप