आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

शनिबार, १३ फागुन २०७९, ११ : ४४
शनिबार, १३ फागुन २०७९

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने ।  साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए।

राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ ।   हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप