भारत : ट्रकले तीन वटा बसलाई ठक्कर दियो, १३ को मृत्यु
शनिबार, १३ फागुन २०७९, ११ : ३३

भारतको मध्य प्रदेशस्थित सिधी जिल्लामा ट्रकले सडक किनारामा रोकिराखेका तीन वटा बसलाई ठक्कर दिएको छ । यो दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या ४० पुगेको छ । यी बसहरूले केन्द्रीय गृहमन्त्री अमित शाहको र्यालीबाट फर्किएका मानिसहरू बोकेका थिए ।
दुर्घटनाको खबर पाए लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान घटनास्थल पुगेर सम्पूर्ण विषयमा जानकारी लिएका थिए । उनले घटनालाई दुःखद भएको बताए ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १० लाख रुपैयाँ र आश्रितलाई सरकारी जागिर दिने घोषणा गरेका छन् ।
उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री