रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुन्छन्ः माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गरेका छन् ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने कुरामा कटिवद्ध हुनुपर्ने स्पष्ट पारे । उनले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि आग्रह गरे ।
मुलुक रुपान्तरणको यो महान अभियानमा गम्भिर भएर अघि बढन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरु एक ठाउँमा उभिने निष्कर्षमा पुगेको समेत बताए ।
ंघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एक भएर बढन तयार भएको उनो भनाई थियो । अध्यक्ष नेपालले भने, ‘उहाँलाई बधाई पछि दिउला । हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अव उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं । यस अर्थमा सबै व्यक्तिहरु जुनसुकै ओदोहामा किन नहुनुहोस् । आफ्नो ओहोदाको मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढने कुरामा हामी कटिवद्ध होऊ भन्न चाहन्छु ।’
अध्यक्ष नेपालले महेन्द्र्रनारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा आज पनि अनुकरणीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण