हामीले चाहेमा मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं : माधव नेपाल
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई राष्ट्रिय राजनीतिमा क्रान्तिकारी धार भएको पार्टीको रुपमा अगाडि बढाउन चाहिरहेको बताए ।
यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । ‘यसअघि पनि हामीले पटक–पटक त्यस्ता कार्य गर्न सफल भएकै हो, अहिले कुन ठुलो कुरा भयो र ?,’ नेपालले भने, ‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो अहिले नै यसै भन्न नसकिने तर्क गरे । ‘हामीले अथक प्रयासबाट कांग्रेस नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिको उम्मेदवार खडा गरेका छौं, हामीले अघि सारेका उम्मेदवार पौडेल नै विजयी हुनुहुन्छ भन्ने आशा छ,’ नेपालले भने । एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताका विषयमा बोल्दै उनले सुरुमा उनी सकरात्मक देखिए पनि अन्तिममा कुरा नमिलेको बताए । उनले भने,‘केपीजीले हामीसँग वार्ता गरेपछि ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौं तर हुन सकेन ।’
अहिले आफुहरु आठ दलीय गठबन्धन बनाएर अघि बढेको बताउँदै उनले ओली राजतन्त्र पुर्नःस्थापना गर्न चाहने शक्तिहरुसँग मिलेर गएको बताए । पार्टी एकताको सन्दर्भमा बोल्दै अध्यक्ष नेपालले विचारको आधारमा सहकार्य गर्ने सोच एकीकृत समाजवादीको रहेको बताए । ‘त्यसमा पनि अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं,’ नेपालले भने,‘ यदि त्यसो नभएको खण्डमा हामी एकीकृत समाजवादीलाई देशको निर्णायक शक्तिको रुपमा स्थापित गर्न लागिरहेका छौं ।’
नेपाल सोमबार पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । उनीसँगै नेता घनश्याम भुषाल पनि आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण