घुम्ती मुक्तक नेपालद्वारा गौतम, खरेल र कार्की पुरस्कृत
काठमाडौँ । घुम्ती मुक्तक नेपालले प्राडा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ मुक्तककार यादव खरेल र मुक्तक अभियन्ता उदास कार्कीलाई पुरस्कृत गरेको छ । संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वैरागी काइँला, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको अध्यक्षता आयोजित सो कार्यक्रमा कालीका–शान्ता मुक्तक मानक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई पुरस्कृत गरेको छ ।
नेपाली मुक्तकको विकास र विस्तार गर्न मुक्तकको मानक सिद्धान्त तयार पार्न उल्लेखनीय योगदान गरेबापत उनलाई पुरस्कृत गरिएको संस्थाले जानकारी दिएको छ । यसैगरी संस्थाले सानु–मखमली मुक्तक नायक श्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गरेबापतमा सम्मान गरिएको हो । खरेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कविताका शिखर पुरुष वैरागी काइँलाले सम्मान गरेका थिए ।
सो कार्यक्रममा जानकी मवि मुक्तक श्री सम्मानबाट नगद पाँच हजारसहित युवा मुक्तककार उदास कार्कीलाई पुरस्कृत गरेको छ । मुक्तक सिर्जना गर्दै नेपाली मुक्तकलाई युवामाझ लोकप्रिय बनाउन गरेको योगदानबापत उनलाई पुरस्कृत गरिएको हो ।
समालोचक प्रमोद प्रधान, पुरस्कृत साहित्यकारहरू, घुम्ती मुक्तक नेपालका प्रमुख संरक्षक एवं साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, रामप्रसाद ज्ञवाली, साहित्यकारहरू उषा शेरचन, प्रा.डा. गोविन्दमान सिंह कार्की, युवराज मैनाली, कलानिधि दाहाल, रामप्रसाद पन्त, बलराम दाहाल, हरिभक्त सिग्देल, ठाकुरप्रसाद भण्डारीलगायतले मन्तव्य राखेका थिए । कवि भैरवी रिसालले सञ्चालन गरेको सो कार्यक्रममा विभिन्न मुक्तककारहरूले आआफ्नो मुक्तक वाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण