शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

कमलविनायक–नगरकोट सडकको प्रगतिबाट मन्त्री श्रेष्ठ असन्तुष्ट

अब ठेकेदारलाई बोलाएर थप निर्णय लिइने
बिहीबार, १८ फागुन २०७९, १२ : २४
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको भौतिक प्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान सडकको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सडकको ठेकेदार कम्पनीसँग छलफल गरेर थप निर्णय लिइने बताएका हुन् ।

सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको सो सडकको पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । ‘यो सडकको सम्झौता २०१४ मा भएको हो । यो सन् २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने हो । तर, सो मिति सकिएको पनि सात वर्ष भइसकेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘सडकको हालत हेरिरहनुभएको छ । जनताको असन्तुष्टि र आक्रोश पनि अनुभूति गर्नु भएको छ । यसमा हामी गम्भीर छौँ ।’

nagarkot kamal binayak road (5)

मन्त्री श्रेष्ठले यसअघि नै काठमाडौँका रुग्ण आयोजनाका बारेमा निर्माण व्यवसायीहरूसँग छलफल गरेको जानकारी दिए । त्यतिबेला नै समयमा काम नसक्ने निर्माण व्यवसायीहरूलाई चेतावनीसमेत दिइएको बताए । ‘करार खारेज गर्ने हाम्रो रुचि होइन । तर, तपाईंहरुले निश्चित समयमा काम पुरा गर्नैपर्छ । यसरी उपेक्षा गरिराख्ने, समयमा गुणस्तरीय काम नगर्ने हो भने हामी त्यतिकै हेरिराख्छौँ भन्ने नठान्नुहोला,’ उनले त्यति बेलाको छलफल भएको विषय सुनाए । उनले निर्माण व्यवसायीहरूलाई  निश्चित समय थप दिएर सो समयमा काम पुरा नभए करार खारेज गर्ने अल्टिमेटम नै दिएको स्मरण गराए ।

nagarkot kamal binayak road (10)

श्रेष्ठका अनुसार सैलुङ कन्स्ट्रक्सनलाई गत जनवरीमा एक महिना थप गरी सो सडकको काम सक्न समय दिए पनि काम सन्तोषजनक नभएको बताए । उनले भने, ‘यो गतिले समयमा गुणस्तरीय ढङ्गले हस्तान्तरण हुनेमा हामी चिन्तित छौँ । अब यसबारे फेरि रिभ्यू गर्छौँ । ठेकेदारसँग पनि कुरा गर्छौँ ।’

nagarkot kamal binayak road (4)

एक्जिम बैंकको सस्तो ऋणमा सडक निर्माण भइरहेका कारण आजको अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । त्यस्तै मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि सामेल थिए । 

nagarkot kamal binayak road (1)nagarkot kamal binayak road (2)nagarkot kamal binayak road (3)nagarkot kamal binayak road (6)nagarkot kamal binayak road (7)nagarkot kamal binayak road (8)nagarkot kamal binayak road (9)nagarkot kamal binayak road (11)nagarkot kamal binayak road (12)nagarkot kamal binayak road (13)nagarkot kamal binayak road (14)nagarkot kamal binayak road (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप