मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ : नेता सिंह

बिहीबार, १८ फागुन २०७९, १४ : ५४
बिहीबार, १८ फागुन २०७९

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन् ।

बिहीबार सिरहामा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र छ कि कांग्रेसको केही इच्छा छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता सिंहले राष्ट्रपतिको निर्वाचनपछि त्यस विषयमा दलबीच परामर्श हुने बताए । उनले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताए ।

नेता सिंहले पार्टी सभापति देउवालाई पाँच वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफ्नो जानकारीमा नरहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, धनुषा सभापति योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप