छिमेकीको घरमा जाँदा बञ्चरो प्रहार: शिवमंगल महतोको मृत्यु
रौतहट - टाउकोमा बञ्चरो प्रहारबाट कटहरिया नगरपालिका १ छेदीचौक हँथियाहीका ४० बर्षिय शिवमंगल महतो नुुनियाको हत्या भएको छ ।
हत्याको अभियोगमा छिमेकी जितुु महतो नुुनियाका छोरा ३५ बर्षका बिरेन्द्र महतो नुुनियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी यज्ञ बिनोद पोखरेलका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडी बाट बञ्चरो प्रहार भएको छ ।
घटना बिवरण अनुुसार मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुुक्तको घरमा प्रवेश गरेको थिए ।
अज्ञात मानिस घरमा प्रवेश गरेको थाहा पाएर अभियुुक्त महतोले पछाडीबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृृत्युु भएको एसपी पोखरेलले रातोपाटीलाई बताए ।
घटना लगतै जिल्ला प्रहरी कार्यालय गौर, ईलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले अभियुुक्त बिरेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पुुरानो रिसिबीका कारण घटना भएको प्रहरीको अनुुमान छ ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोबिन्द थापाले जानकारी दिए ।
गाँउलेहरुले अनैतिक कार्य गर्ने उदेश्यले मृतक शिवमंगल महतो छिमेकी जितुु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने अनुमान गरेका छन् ।
यसरी छिमेकीको घरमा पस्दा हत्या भएको कटहरिया नगरपालिकामा पहिलो घटना भएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण