‘प्रसाद २’ को ट्रेलरमा राजनीतिक र पारिवारिक कथा
काठमाडौँं । २४ चैत्रबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्मले ट्रेलर हेर्दा राजनीतिक र सामाजिक कथा उठान भएको अनुमान लगाउन सकिन्छ । फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका छ । उनीहरुको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज शिवाकोटीको संगीत छ । फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । सुभास थापाको प्रस्तुतिमा तयार भएको फिल्म एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । ‘प्रसाद’ व्यापारिक र समीक्षागत रुपमा हिट भएपछि यसको निर्माणपक्षले यसको सिक्वेलको निर्माण गरेको हो ।
लभ स्टोरी फिल्मबाट आफूलाई सफल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक थापाले ‘प्रसाद २’ बाट सामाजिक कथामा पनि आफूलाई अब्बल प्रमाणित गर्ने छनक दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण