महंगोमा बिक्यो ‘पशुपति प्रसाद २ : भष्मे डन’ को डिजिटल राइटस्
बुधबार, २४ फागुन २०७९, १७ : ५०
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को डिजिटल अधिकार ओएसआरले किनेको छ । छायांकन प्रारम्भ नहुँदै फिल्मको डिजिटल अधिकार ९५ लाख रुपैयाँ तिरेको ओएसआरका ओम अग्रवालले बताए । दीपेन्द्र के खनालको निर्देशन रहने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।
फिल्म निर्देशक खगेन्द्र लामिछानेले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ । काठमाडौंको पशुपतिनाथ क्षेत्र वरपर छायांकन हुने फिल्ममा ‘पशुपति प्रसाद’ मा हनुमानको क्यारेक्टर निभाएका कलाकार रविन्द्र सिंह बानियाँको पनि मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपुरमा हावाहुरीको वितण्डा: विनयी त्रिवेणीमा २० भन्दा बढी घरको छाना उडायो
-
सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
-
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन
-
मोबाइल फोन हेर्दा मोतीबिन्दु हुन्छ ?
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण