खानेतेल निकासीमा उच्च गिरावट
काठमाडौं । नेपालबाट खानेतेल निकासी उच्च दरले घटेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ९आव० को पहिलो ७ महीनाको आयातनिर्यात सम्बन्धी तथ्यांकले नेपालबाट खानेतेलको निकासी निकै घटेको देखाएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी ९१ दशमलव २ प्रतिशतले सूर्यमुखी तेल निकासी घटेको छ । गत आवको साउन–माघमा नेपालबाट २ अर्ब ६३ करोड ९७ लाख रुपैयाँको सूर्यमुखी तेल निकासी भएकोमा यो वर्ष सोही अवधिमा २३ करोड २८ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
भटमास तेलको निकासीमा ७७ दशमलव ५ प्रतिशतले कमी आएको छ । पोहोर साउन–माघमा ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँको भटमास तेल निकासी भएकोमा यसपालि ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै निकासी भएको छ । त्यसैगरी पाम तेलको निकासी ३४ अर्ब १५ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँमा ओर्लेको छ । यो ५९ दशमलव २ प्रतिशतको गिरावट हो ।
पछिल्लो समय भारतले तेल आयात नीति फेर्दै सोको आयातमा लाग्दै आएको शुल्क घटाएपछि नेपालबाट तेल निर्यात घटेको उद्योगी मनोज तापडियाले बताए ।
केही अघिसम्म कच्चा तेल उत्पादकलाई संरक्षण गर्ने नीतिअनुरूप भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० बाहेकका मुलुकबाट कच्चा तेल आयात गर्दा ४० प्रतिशतसम्म शुल्क लिन्थ्यो । साफ्टा क्षेत्रका मुलुकबाट खानेतेल आयात गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशतमात्र शुल्क तिरे पुग्थ्यो । भन्सार शुल्कमा रहेको उक्त अन्तरको फाइदा लिन नेपाली उद्योगीले विदेशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरेर भारत निकासी गर्दै आएका थिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण