शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिले देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन : माधव नेपाल

बिहीबार, २५ फागुन २०७९, १७ : ५२
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नु नहुने बताएका छन् । राष्ट्रपतिको निर्वाचनपछि  सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’ 

उनले राष्ट्रपति निर्वाचनको परिणाम सहमति अनुसार नै आएको बताए । ‘मत परिणामलाई मैले उत्साहप्रदक र सकारात्मक रुपमा लिएको छु । हामीले सहमति गरेअनुसार नै परिणाम प्राप्त भएको छ ,’ उनले भने । यस्तै उनले राष्ट्रपतिबाट विगतमा भएका राम्रो कुरालाई ग्रहण गर्दै कमजोरी कुरा सच्याउने नेपालले बताए । यस्तै उनले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘भागबण्डाको कुरा त्यति ठूलो कुरा भएनन् । भागबन्डामा अल्मलिने भन्दापनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ । तर, हामी सुरूमा मैले के पाएँबाट सुरू गर्छौं ।’  संविधान र अहिलेसम्मको उपलब्धि रक्षाको लागि आफूहरूले पनि साथ दिने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप