मलको मूल्य घट्दा दुई अर्ब फाइदा
काठमाडौँ । मलको अन्तर्राष्ट्रिय मूल्य घट्दा कृषि सामग्री कम्पनीलाई दुई अर्ब ४३ करोड फाइदा भएको छ । सरकारले मलका लागि १५ अर्ब बजेट विनियोजन गरेकोमा १० अर्ब ५० करोड बराबरको मल आयात भइसकेको छ ।
यस्तै पछि मल ल्याउन १६ अर्ब बजेट थप गरिएको थियो । सोही बजेटबाट ११ अर्ब २० करोडको मल आयात हुँदैछ । अन्तरराष्ट्रिय मूल्य घट्दा छुट्याइएको दुई चरणको रकमबाट दुई अर्ब ४३ करोड फाइदा भएको कम्पनीले जनाएको छ। सोही बजेटबाट कम्पनीले एक लाख २५ हजार मल ल्याउनु पर्नेमा बुधबार वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया भित्रिई सकेको तथा विहीबार २० हजार मेट्रिक टन डिएपी मल भित्रिएको कृषि सामग्री कम्पनीका प्रमुख राजेन्द्र बहादुर कार्कीले बताए ।
बाँकी २० हजार डिएपी र ३० हजार मेट्रिक टन युरिया आउने केही दिनमा आइसक्ने उनको भनाई छ । उनले भने, ‘सोही बजेटबाट थप ३० हजार मेट्रिक टन मल ल्याउन टेन्डर आह्वान गरिसकेका छौं ।’ पछि अर्थ मन्त्रालयले पुनः थप गरेको सात अर्ब बजेटबाट केन्द्रले ५७ हजार मेट्रिक टन मल ल्याउने जारी रहेको छ। नेपालमा हरेक वर्ष रासायनिक मल अभावका कारण किसानले सास्ती खेप्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण