शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल भारत नेपाली एकता मञ्चको प्रशिक्षण र बैठक सम्पन्न

आइतबार, २८ फागुन २०७९, १७ : ३४
आइतबार, २८ फागुन २०७९

नयाँ दिल्ली । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको प्रशिक्षण र बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका संगठन विभागका प्रमुख तथा उपमहासचिव जनार्दन शर्माले उद्घाटन गरेको प्रशिक्षण र बैठकमा प्रवास समन्वय समितिका नेतृत्वका साथै मञ्चका नेताहरूको सहभागिता थियो । 

दिल्लीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा माओवादीले परिवर्तनको नेतृत्व गरेजस्तै नेपाली समाजवादको मोडलको विकास गर्न पनि नेतृत्व लिनुपर्नेमा जोड दिए । जनताको अवस्था बदल्ने अवस्थाको नेपाली मोडल माओवादीले नै खोज्नुपर्ने धारणा राख्दै उनले पार्टीभित्रको वैचारिक क्षमतालाई वृद्धि गर्ने र वैचारिक अस्पष्टतालाई स्पष्ट गर्ने काममा लागिने समेत बताए । 

उनले खाडीदेखि मलेसिया र भारतसम्म रहेका श्रमिक युवालाई १५–२० वर्षमा देश बनाउन सकिन्छ भनेर भिजन तयार गरेर उनीहरूलाई विश्वास दिलाउन पार्टी लागिपर्ने पनि सो क्रममा बताए ।  ‘समाजवादको ठोस मोडल जनतालाई देखाउने बित्तिकै जनतामा उभार ल्याउन सकिन्छ’, उनले भने, ‘स्कुल विभाग प्रवासमा पनि चलाउनुपर्छ । निर्णयमा स्वामित्व र कार्यान्वयनमा पनि स्वामित्व हुनुपर्छ । कार्यकर्तामा पनि मूल्याङ्कन गर्ने परिपाटी बसाल्नुपर्छ ।’

333041361_449468830672424_2512268267941607306_n

 

सरकार, सदन र जनपरिचालनबाट महिला तथा दलितहरूलाई अघि बढाउनुपर्ने भन्दै शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार टुङ्ग्याउन पनि सरकार र पार्टी लागिपरेको बताए । यस्तै प्रवासी नेपालीहरूले विगतका परिवर्तनका आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण शर्माले गरेका थिए । उनले प्रवासमा नेपालीहरूले भोग्नुपरेको दुखका विषयमा पार्टी जानकार रहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । 

333427313_1232177761041833_1948992916727048521_n

मञ्चका अध्यक्ष राजेन्द्र शर्माको सभापतित्व र महासचिव चक्र मलातीले सञ्चालन गरेको कार्यक्रममा प्रवास समन्वय समितिका सह इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठक, वैकल्पिक केन्द्रीय सदस्य ईश्वरी भण्डारीले लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

198ced44-b629-46ec-a43e-efb5f8d651e6

आइतबार सम्पन्न प्रशिक्षणपछिको बैठकले संगठन र संघर्षको योजना बनाएर भारतभर संगठन विस्तार गर्नेलगायतको निर्णय गरेको मञ्चका नेता आरबी खड्काले जानकारी दिए ।

8d1ba084-8f76-406e-ae90-b4ea217ae4e6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप