६३६ रुपैयाँमा पोस्टपेड मोबाइलमा अनलिमिटेड भ्वाइस र डाटा प्याकेज
शुक्रबार, ०३ चैत २०७९, १३ : ३९
काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने उनको भनाइ छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।
त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ भने सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण