६३६ रुपैयाँमा पोस्टपेड मोबाइलमा अनलिमिटेड भ्वाइस र डाटा प्याकेज
शुक्रबार, ०३ चैत २०७९, १३ : ३९

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने उनको भनाइ छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।
त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ भने सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?