गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव छैन : माधव नेपाल
मेलम्ची । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले भने, ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अझै पनि नेपालमा कम्युनिष्टहरु लोकप्रिय रहेकाले विचार मिल्नेहरुसँग गठबन्धन हुनसक्ने बताए ।
उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुनसक्ने समेत बताए । अध्यक्ष नेपालले भने– ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।’ कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण