भारत : जब रेलवे स्टेसनको टिभी स्क्रिनमा पोर्न फिल्म चल्न थाल्यो

भारतको पटनास्थित जंक्शन रेलवे स्टेसनमा जडान गरिएको टिभी स्क्रिनमा आइतबार बिहान अचानक पोर्न फिल्म चल्न थाल्यो । यो बिहारको राजधानी पटनाको मुख्य रेलवे स्टेसन हो । घटनापछि टिभी स्क्रिन सञ्चालन गर्ने कम्पनीको ठेक्का रद्द गरिएको रेलवेले जनाएको छ ।
रेलवे सम्पत्तिको रक्षा गर्ने आरपीएफ र रेल परिसरमा कानुन व्यवस्थाको अनुगमन गर्ने जीआरपीलाई यसबारे सूचित गरिएको छ ।
स्टेसनको टिभी स्क्रिनमा तीन मिनेटसम्म पोर्न क्लिप चलिरहेको थियो । त्यसपछि टिभी स्क्रिन सञ्चालन गर्ने कम्पनीलाई रेलवेको तर्फबाट बोलाएर बन्द गराएको थियो । यो घटना आइतबार बिहान करिब १० बजेको हो ।
पूर्वी मध्य रेलवेका प्रवक्ताका अनुसार आरपीएफले यस विषयमा एफआईआर दर्ता गरेको छ र यसको अनुसन्धान भइरहेको छ ।
स्टेसनमा टिभी स्क्रिन मार्फत विज्ञापन वा सूचनाहरू प्ले गर्न प्रयोग हुने उपकरणहरू पनि आरपीएफले कब्जामा लिएको छ ।
वास्तवमा, देशभरका प्रमुख स्टेसनहरूमा टिभी स्क्रिनहरू मार्फत यात्रुहरूका लागि थुप्रै सरकारी सूचना प्रसारण गर्ने गरिन्छ ।
यसबाहेक स्क्रिनमा विज्ञापन पनि प्रसारण हुन्छ । यसका लागि प्रायः टेन्डरमार्फत निजी कम्पनीलाई ठेक्का दिइन्छ । त्यस्ता स्क्रिनको सञ्चालन टेन्डर प्राप्त गर्ने कम्पनीले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर