भारत : जब रेलवे स्टेसनको टिभी स्क्रिनमा पोर्न फिल्म चल्न थाल्यो
भारतको पटनास्थित जंक्शन रेलवे स्टेसनमा जडान गरिएको टिभी स्क्रिनमा आइतबार बिहान अचानक पोर्न फिल्म चल्न थाल्यो । यो बिहारको राजधानी पटनाको मुख्य रेलवे स्टेसन हो । घटनापछि टिभी स्क्रिन सञ्चालन गर्ने कम्पनीको ठेक्का रद्द गरिएको रेलवेले जनाएको छ ।
रेलवे सम्पत्तिको रक्षा गर्ने आरपीएफ र रेल परिसरमा कानुन व्यवस्थाको अनुगमन गर्ने जीआरपीलाई यसबारे सूचित गरिएको छ ।
स्टेसनको टिभी स्क्रिनमा तीन मिनेटसम्म पोर्न क्लिप चलिरहेको थियो । त्यसपछि टिभी स्क्रिन सञ्चालन गर्ने कम्पनीलाई रेलवेको तर्फबाट बोलाएर बन्द गराएको थियो । यो घटना आइतबार बिहान करिब १० बजेको हो ।
पूर्वी मध्य रेलवेका प्रवक्ताका अनुसार आरपीएफले यस विषयमा एफआईआर दर्ता गरेको छ र यसको अनुसन्धान भइरहेको छ ।
स्टेसनमा टिभी स्क्रिन मार्फत विज्ञापन वा सूचनाहरू प्ले गर्न प्रयोग हुने उपकरणहरू पनि आरपीएफले कब्जामा लिएको छ ।
वास्तवमा, देशभरका प्रमुख स्टेसनहरूमा टिभी स्क्रिनहरू मार्फत यात्रुहरूका लागि थुप्रै सरकारी सूचना प्रसारण गर्ने गरिन्छ ।
यसबाहेक स्क्रिनमा विज्ञापन पनि प्रसारण हुन्छ । यसका लागि प्रायः टेन्डरमार्फत निजी कम्पनीलाई ठेक्का दिइन्छ । त्यस्ता स्क्रिनको सञ्चालन टेन्डर प्राप्त गर्ने कम्पनीले गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण