मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

...अनि यता लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड

सोमबार, ०६ चैत २०७९, १७ : १५
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले आफु र एमाले अध्यक्ष केपी ओलीबीच विचार र मुद्दा नमिलेकै कारण पुस १० को गठबन्धन नटिकेको बताएका छन् ।  सोमबार एमाले सांसदले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पुस १० मा एक किसिमको सहमति भएपनि पछि विचार र सिद्दान्त नमिल्दा पछिल्लो अवस्था आएको बताए । 

‘हिजो भएका वादविवाद र घट्नाक्रम चाहे त्यो संसद विघटनको कुरा होस् चाहे मैले प्रस्तुत गरेको दस्तावेजको कुरा होस् वा केपीजीले पेस गरेको दस्तावेज होस् त्यसलाई २, ३ वर्ष थाति राख्ने र त्यो कुरातिर जाँदै नजाने’, प्रधानमन्त्रीले भने, ‘अगाडि जाने भन्ने कुरामात्रै भएको थियो र म त्यही विश्वासमा थिएँ ।’

उनले केन्द्र सरकार र प्रदेश सरकार गुमेको विषय रियलाइजेसन गरेको होला भनेर आफु बालकोट गएको तर ओलीले संसद विघटन सही हो भनेपछि अब अघि बढदैन भन्नेमा पुगेको बताए । अर्कोतिर कांग्रेसले विगतको कमजोरी महसुस गरेकाले आफ्नो लभ कांग्रेसतिर परेको बताए  । तर प्रधानमन्त्रीका लागि नभई शान्ति र संविधानका लागि मात्रै लभ परेको बताए ।

कांग्रेससँगको लभ र ओलीसँगको ब्रेकअपबारे प्रचण्ड:

नेपाली कांग्रेसका नेताहरु शेरबहादुर जी यही हुनुहुन्छ । पहिलोचोटी नेकपा एमाले र माओवादी केन्द्र साझेदारी गरेर चुनाव लड्दा परिणाम त एक ढंगको आयो । एमालेका लागि पनि राम्रो माओवादीका लागि पनि राम्रो आयो । तर एउटै पार्टीको बहुमत त्यतिवेला पनि भएन ।  त्यो परिस्थितिमा नेपाली कांग्रेसको तर्फबाट बहुमत तपाईँहरूको पनि त्यता पुगेको छैन, एमालेको पनि छैन । तपाई हामी मिल्ने हो भने यता बहुमत आउनुस् बरु पाँचै वर्ष प्रधानमन्त्री खानुस भन्नुभएको थियो अहिले यही हुनुहुन्छ । मैले यसो गर्नुहुँदैन । प्रधानमन्त्रीका लागि मैले जनताका लागि गरेको कवुल र सहमति अहिले तोड्न सक्दिन भनेर मैले रिजेक्ट गरेको हो । अहिले पनि ओलीजीले लास्टसम्म कुरा गर्दा के चाहियो त ल भन्नुस् भन्नुभयो । नमिलेको विचार र मुद्दा नै हो । जहाँ तुलनात्मक मिल्यो, त्यहाँ मिलेर जाँदो रहेछ । जहाँ मुद्दा मिल्दैन मिल्न खोज्दा पनि सकिँदोरहेनछ । यही मञ्चबाट मैले विश्वासको मत लिँदै गर्दा हाम्रो बिचमा एउटा समझदारी त थियो । विगतमा हामी निकै ठुलो झगडा गरेका दुइटा पार्टी छौ । अझ नेताको हिसाबले केपीजी र म नै आमनेसामने भएर सडक र सदनमा पनि लडियो । जतासुकै लडियो । सरकारमा पनि पार्टीमा पनि । अब फेरि एक ठाउँमा जम्मा हुँदा त तिनै कुरा उठेभने हामी त जान सक्दैनौं । त्यसो भएपछि हिजो भएका वादविवाद र घटनाक्रम । चाहे संसद् विघटन,चाहे मैले प्रस्तुत गरेको दस्ताबेज चाहे केपीजीले प्रस्ताव गरेको दस्ताबेज होस् त्यसलाई चाही दुईतिन वर्ष थाती राख्ने त्योतिर जाँदै नजाने अगाडी जाने मात्रै कुरा भएको थियो । म त्यही विश्वासमा थिएँ । र म के विश्वासमा थिएँ भने केन्द्रको सरकार थियो, हुँदाखादाको दुई तिहाइको गुम्यो । सातै प्रदेशमा सरकार थियो कम्युनिस्टहरुकै । हुँदाखादाको सबै सरकार गुम्यो । त्यो सबै भएपछि त एमाले पार्टी र मुख्य नेतृत्वलाई पनि रियलाइज भयोहोला भन्ने थियो मलाई बालकोट जाँदै गर्दा । मलाई बालकोट वोलाइएकोछ भनेपछि पक्कै रियलाइज गरेर बोलाइएको होला भनेर । म अलि सोझोसोझो छु क्या, तपाईहरुले गहिरोगरी हेर्नुभयो भने । होला त नि भनेर गएको तर विश्वासको मत दिन जसरी उहाँले (केपी) ले बडो सगौरव मैले संसद् विघटन गर्न सही हो, क्यानडामा,इग्ल्याण्डमा, कहाँकहाँ शेरबहादुरले पनि विघटन गरेको भनेर ...सबै कुरा भनेपछि मैले त्यही दिन अव यो भंग हुन्छ भन्नेतिर गयो भन्नेमा पुगिसकेको थिएँ । अव यो अगाडी जाँदैन, किनभने त्यही लडाई हिजो लडियाथियो हामीले । सडकमा, अदालतमा सदनमा लडिएको थियो । त्यही लडाई यही आइहालेपछि त म कसरी सक्छु ? त्यहाँ बस्न ? मैले अनि एकातिर त्यो अर्कोतिर नेपाली कांग्रेस फेरि हत्तेरी त्रुटि गरिएछ प्रचण्डलाई छोडेर भनेर पश्चात् गरेपछि मेरो लभ यतापरिहाल्यो । त्यो लभ परेकोचाही प्रधानमन्त्रीका लागि परेको होइन है । नेपाली कांग्रसका र अरु साथीहरु पनि क्लियर हुनुहोला । एजेण्डाकै लागि हो । शान्तिको लागि, लोकतन्त्रका लागि, गणतन्त्रका लागि हो । जसमा हामी हिजो संसद् विघटन हुँदा लडेका थियौ, त्यहीँ एजेण्डामा फर्केको मात्रै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप