शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्दै

सोमबार, ०६ चैत २०७९, १७ : ४९
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो । 
परिसंघ महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले सम्मेलनमा नेतृत्वमा महिला,अर्ततन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल गरिने बताइन् । उनले सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, भुटान, माल्दिस र जर्मनी लगायत मुलुकका राजनीति,आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने बताए । 

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएका दुई जना महिलालाई सम्मान गर्ने भएको छ । त्यस्तै, उद्यमशीलता प्रबर्नका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ । 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप