चितवन राष्ट्रिय निकुञ्जमा बनाइएका अवैध घरटहरा हटाइयो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित लोथर खोला आसपासको क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका घर टहराहरू हटाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित सो क्षेत्रमा घर टहरा निर्माण गरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको कार्यालयको भनाई छ ।
अतिक्रमित क्षेत्रलाई खाली गराउन सरोकारवाला निकायसँग समन्वय गरी पटक–पटक सम्झाई-बुझाई गर्दा पनि अतिक्रमित क्षेत्रबाट घर टहरा हटाउन नमानेकोले उनीहरूलाई बल प्रयोग गरेर हटाउन परेको कार्यालयको भनाई छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र वन अतिक्रमण रणनीति, २०६८ बमोजिम मंगलबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खड्गदल गण तथा सिद्धिबक्स गणको संयुक्त प्रयासले ९ वटा घर टहराहरू हटाइएको कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
-
असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड
-
बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम पारित