भारतमा पटाका कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको एक पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
तमिलनाडुको राजधानी चेन्नईबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभिमलाई क्षेत्रमा रहेको एक कारखानामा पटाकामा प्रयोग हुने कच्चा पदार्थमा अचानक आगलागी भएपछि विस्फोट भएको थियो ।
काँचीपुरम कर कार्यालयका अधिकारीकाले घटनाको पुष्टि गर्दै भन्नुभयो, “कुरुभिमलाई क्षेत्रमा रहेको एक पटाका कारखानामा आज विस्फोट हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ ।”
अधिकारीहरुका अनुसार घाइतेमध्ये १३ जनालाई काँचीपुरम सरकारी अस्पतालमा भर्ना गरिएको छ भने तीन जनालाई उपचारका लागि चेन्नईको दुई अस्पतालमा पठाइएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । विष्फोटपछि कारखानामा आगो लागेको थियो र आसपासमा पटा पड्किएको आवाज गुञ्जिएको थियो ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार एउटा भवन भत्किएको र २५ जनाभन्दा बढी मानिस काम गरिरहेको कारखानामा उद्धार कार्य जारी छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल
-
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
-
राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने
-
कोशी प्रदेश : नयाँ सत्ताको खेल सुरू, किनबेचको हल्ला !
-
मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल