भारतमा पटाका कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको एक पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
तमिलनाडुको राजधानी चेन्नईबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभिमलाई क्षेत्रमा रहेको एक कारखानामा पटाकामा प्रयोग हुने कच्चा पदार्थमा अचानक आगलागी भएपछि विस्फोट भएको थियो ।
काँचीपुरम कर कार्यालयका अधिकारीकाले घटनाको पुष्टि गर्दै भन्नुभयो, “कुरुभिमलाई क्षेत्रमा रहेको एक पटाका कारखानामा आज विस्फोट हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ ।”
अधिकारीहरुका अनुसार घाइतेमध्ये १३ जनालाई काँचीपुरम सरकारी अस्पतालमा भर्ना गरिएको छ भने तीन जनालाई उपचारका लागि चेन्नईको दुई अस्पतालमा पठाइएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । विष्फोटपछि कारखानामा आगो लागेको थियो र आसपासमा पटा पड्किएको आवाज गुञ्जिएको थियो ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार एउटा भवन भत्किएको र २५ जनाभन्दा बढी मानिस काम गरिरहेको कारखानामा उद्धार कार्य जारी छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण