प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधवार यता दिनहुँ जसो छलफल गर्दै आएका छन् । बिहीबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
फागुन १२ पछि सत्ता समीकरण फेरिएसँगै कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रचण्डलाई १६ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
-
निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो, राज्य व्यवस्था समितिबाट पारित हुन सकेन
-
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
-
को बन्ला उत्कृष्ट हिरोइन ?
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ