शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणना नतिजा : ९ भन्दा बढी सन्तान जन्माउने महिला ६ हजार १८० जना

शनिबार, ११ चैत २०७९, १६ : ०७
शनिबार, ११ चैत २०७९

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक नतिजा अनुसार नेपालमा ९ वा सो भन्दा बढी सन्तान जन्माउने महिला ६ हजार १ सय ८० जना रहेका छन् । यो बिवाहित बच्चा जन्माउने महिलाहरुको संख्यामा शून्य दशमलव १ प्रतिशत हो । यी महिलाहरु प्रजनन् क्षमता भएका वर्ग अन्तर्गतका हुन् । ९ वा सो भन्दा बढी सन्तान जन्माउने महिलाको उमेरगत रुपमा हेर्नुपर्दा ३० देखि ३४ वर्षसम्मका १०७ जना रहेका छन् । ३५ देखि ३९ वर्षसम्मका ७४३ जना, ४० देखि ४४ वर्षसम्मका १९६० जना र ४५ देखि ४९ वर्षसम्मका ३ हजार ३७० जना रहेका छन् । 

यस्तै ८ वटासम्म बच्चा जन्माउने महिलाको संख्या शून्य दशमलव २ प्रतिशत अर्थात १४ हजार ३७८ रहेको छ । उमेर समूहका आधारमा ८ बच्चा जन्माउने महिलामा ३० देखि ३४ वर्ष उमेर समूहका ८५० जना, ३५ देखि ३९ उमेर समूहमा २ हजार ६६५ जना, ४० देखि ४४ वर्ष उमेर समूहमा ४ हजार ४८५ जना र ४५ देखि ४९ वर्ष उमेर समूहमा ६ हजार ३७८ जना रहेका छन् । 

यस्तै ७ जनासम्म बच्चा जन्माउने महिला शून्य दशमलव ५ प्रतिशत रहेका छन् । ३३ हजार ६६० जना महिलाले ७ जनासम्म बच्चा जन्माएका छन् । २० देखि २४ वर्षको उमेका १२ जना, २५ देखि २९ बर्षसम्मका ४८६ जना, ३० देखि ३४ बर्ष उमेरका २ हजार ५ सय ३ जना, ३५ देखि ३९ वर्ष उमेर समूहका ६ हजार ७२६ जना, ४० देखि ४४ वर्ष उमेर समूहका १० हजार १९४ जना र ४५ देखि ४९ वर्ष उमेर समूहका १३ हजार ७३९ जनाले ७ जनासम्म बच्चा जन्माएका छन् । 

यस्तै एउटा पनि जीवित बच्चा नजन्माएका विवाहित महिलाहरु १२ प्रतिशत अर्थात ७३ लाख ६४ हजार ४९९ जना रहेका छन् । जनगणनाका क्रममा तथ्याङ्क लिने बेला नेपालमा विवाहित महिलाको संख्या ६१ लाख ४५ हजार ३९ रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप