यी हुन् मूल्य अभिवृद्धि र आयकर नबुझाउनेहरू (सूची)
काठमाडौँ । आन्तरिक राजस्व कार्यालयले पाँच लाखभन्दा माथि रकम बक्यौता (मूल्य अभिवृद्धि कर र आयकर) भएका करदातालाई १५ दिन भित्र रकम दाखिला गर्न सूचित गरेको छ।
यसरी मूल्य अभिवृद्धि कर नबुझाउनेहरू विभिन्न एक सय ४१ कम्पनी छन् भने आयकर नबुझाउनेहरू ३७ कम्पनी छन् । यी कम्पनीहरूले करोडौँ रुपैयाँको कर र आयकर बुझाउनुपर्ने देखिन्छ। कार्यालयबाट पटकपटक टेलिफोन सम्पर्क, पत्राचार, सङ्कलन भ्रमण समेतबाट बक्यौता कर रकम दाखिला गर्न जानकारी गराइएपनि अटेर गरेपछि तोकिएको अवधिमा बक्यौता कर रकम दाखिला गरिसकेको वा नपर्ने प्रमाण भए पेस गर्न भनिएको हो।
अन्यथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) तथा आयकर ऐन, २०५८ मा उल्लिखित कुनै सबै तरिका (जस्तै फर्म/कम्पनीको कारोबार रोक्का, फर्म/कम्पनी/ साझेदार / जे.भी. पार्टनर र सोका जिम्मेवार व्यक्ति / सञ्चालक / साझेदारको क खाता रोक्का, सम्पत्ति रोक्का तथा लिलामी आदि ) अपनाई बक्यौता कर असुल गरिने चेतावनी समेत कार्यालयले दिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
-
‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’ र ‘छोरीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिँदै मौलापुरले ल्यायो ४२ करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण