बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन

बुधबार, १० असार २०८३, १२ : १२
बुधबार, १० असार २०८३

सारांश

  • सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजनामा कोशी प्रदेशको सहयोगमा ७ दिने विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।
  • धनकुटा, झापा, सुनसरी र मोरङ जिल्लाका नगर प्रहरी तथा स्थानीय बासिन्दालाई लक्षित गरी असार ९ गतेदेखि सञ्चालन भएको तालिममा आगलागी, जल उत्पन्न प्रकोप, प्राथमिक उपचार, सिपिआर, रोप रेस्क्यु, खोज तथा उद्धार जस्ता विषयहरू समावेश छन् ।
  • तालिमले विपद्मा परेकाहरूको उद्धार तथा सहयोग र विपद् स्वयंसेवक उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा ७ दिने अवधिको विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ ।

धनकुटा, झापा, सुनसरी र मोरङ जिल्लाका स्थानीय तहमा रहेका नगर प्रहरी तथा स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असार ९ गतेदेखि विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

सो तालिममा आगलागी, जल उत्पन्न प्रकोप, प्राथमिक उपचार, सिपिआर, रोप रेस्क्यु, भत्केका घर तथा संरचनाहरुमा खोज तथा उद्धार लगायतका विषयहरूमा सैद्धान्तिक एवं प्रयोगात्मक अभ्यासहरू गराइने छ ।

तालिम तथा सचेतनामूलक कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा, नं. ३ कंकालिनीमाई गण मोरङ, रंगेली नगरपालिकाको सभाहल, नं. ४ गण सुनसरी, र नं. ६ छिन्ताङ्ग गुल्म धनकुटामा गरी ४ ठाउँमा सञ्चालन गरिने छ ।

तालिममा प्रत्येक ठाउँका २०–२० जना नगर प्रहरी तथा स्थानीय बासिन्दा गरी जम्मा १ सय जनाको सहभागिता रहेको छ । सो तालिम असार १६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिमले विपद्मा परेकाहरूको उद्धार तथा सहयोग र विपद् स्वयंसेवक उत्पादनमा सहयोग पुग्ने विश्वास समेत लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप