बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
सारांश
- बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
- कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।
- बजेटमा सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बकैया गाउँपालिकाको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका हुन् ।
कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ (७१.४३ प्रतिशत) र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ (२८.५७ प्रतिशत) खर्च प्रस्ताव गरिएको छ। बकैया निर्माणको मूल आधार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ बजेट तर्जुमा गरिएको उनले बताए ।
उनका अनुसार आगामी आर्थिक वर्षको लागि तय गरिएको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारको वित्तीय समानीकरण, राजस्व बाँडफाँड र सशर्त अनुदानसहित कुल ४९ करोड ७३ लाख रुपैयाँ र बागमती प्रदेश सरकारको अनुदानहरुबाट कुल १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ । बकैयाले आन्तरिक स्रोततर्फ ४ करोड ६७ लाख ७५ हजार ८८५ रुपैयाँ र राजस्व बाँडफाँडतर्फ ५ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
सामाजिक विकासको क्षेत्रलाई आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिँदै बकैयाले कुल बजेटको ३३.७० प्रतिशत (१० करोड ३३ लाख ५० हजार रुपैयाँ) विनियोजन गरिएको छ भने पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा शिक्षाको गुणस्तर सुधार र विद्यालय भौतिक सुधारका लागि ४ करोड ३५ लाख रुपैयाँ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनका लागि २ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी खाद्यान्न, दूध र मासुमा आत्मनिर्भर बनाउन २ करोड २८ लाख रुपैयाँ छुट्याइएको छ भने विभिन्न कोष व्यवस्थापन तथा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ६ करोड ३५ लाख ७५ हजार रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमार्फत गाउँ कार्यपालिकाको कार्यालयसँग करार सेवा सम्झौता गरी कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्न खाइपाइ आएको पारिश्रमिकमा १० प्रतिशत वृद्धि गरिएको छ र उनीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने व्यवस्था मिलाइएको उनले बताए । पूर्वाधार विकासका आयोजनाहरूमा नागरिकको अपनत्व र स्वामित्व बोध गराउन १० प्रतिशत लागत साझेदारीको नीति अवलम्बन गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।
उनका अनुसार सीमित स्रोत र साधनबाट समग्र बकैयावासीको चाहना र विकासलाई सम्बोधन गर्न यो बजेट चुनौतीपूर्ण रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको भौतिक प्रगतितर्फ समीक्षा गर्दै उपाध्यक्ष खत्रीले जेठ मसान्तसम्ममा गाउँपालिका स्तरमा ७० प्रतिशत भौतिक प्रगति हासिल भएको र असार मसान्तसम्म पुँजीगत बजेटको भौतिक प्रगति ८५ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिउटीका बेला ट्राफिक प्रहरीले चालकसहित सेवाग्राहीसँग हात मिलाउन नपाउने
-
ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
-
सरकारी साक्षी बनेका विकास चापागाईंविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण