वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
सारांश
- वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजारको बजेट विनियोजन गरेको छ ।
- महानगर प्रमुख निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलम कार्यवाहक प्रमुखको जिम्मेवारीमा छन् ।
- वडाध्यक्ष जगतप्रसाद कानुले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४० करोड र पुँजीगततर्फ १ अर्ब ९६ करोड विनियोजन गरिएको छ ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ को लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार बराबरको बजेट विनियोजन गरेको छ । महानगरले बुधबार नयाँ बजेट ल्याएको हो ।
महानगर प्रमुख राजेशमानसिंह भ्रष्ट्राचार मुद्दामा निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलम कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेका छन् ।
त्यसैले बुधबार वडा नम्बर ४ का वडाध्यक्ष जगतप्रसाद कानुले बजेट प्रस्तुत गरेका हुन् । उनले चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार र पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
सो बजेटमा सङ्घीय सरकारले १ अर्ब ९८ करोड २९ लाख, राजस्व बाँडफाँडबाट २४ करोड, ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ५ करोड २८ लाख २८ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७६ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क बापत ४५ करोड, आन्तरिक राजस्व १ अर्ब ४८ करोड, गत वर्षको मौजादबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण