रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
काठमाडौँ । रास्वपाले नेपालको राजनीतिक संस्कृति बदल्न चाहेको जनाएको छ । पार्टी सभापति रवि लामिछानेले पहिलो महाधिवेशनमा मंगलबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरेका हुन् ।
उनले रास्वपाको संसदीय नीति दीर्घकालीन विषयमा आम सहमति खोज्ने रहेको पनि बताएका छन् ।
'दशकौँसम्म 'राजनीति' को मित्र को शत्रु ?’ भन्ने चश्माबाट हेरियो । तर राष्ट्र निर्माणको राजनीतिमा दलहरू एकअर्काका शत्रु होइनन्, बढीमा विचार, कार्यक्रम र प्राथमिकता फरक भएका प्रतिस्पर्धी हुन् । लोकतन्त्रमा चुनावी प्रतिस्पर्धाको अर्थ राष्ट्रका आधारभूत प्रश्नहरूमा पनि मतभेद होइन’, लामिछानेले भनेका छन् ।
सभापति लामिछानेले हाम्रा साँच्चै साझा शत्रु गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन, अशिक्षा र कमजोर स्वास्थ्य सेवा भएको बताएका छन् ।
‘युवाको पलायन, आर्थिक परनिर्भरता, उत्पादनहीन अर्थतन्त्र, राज्यप्रतिको घट्दो विश्वास अनि सामाजिक विभाजन र असहिष्णुता हुन् यो देशका शत्रु हुन’, लामिछानेले शत्रु किटान गरेका छन् ।
आजसम्म सत्ताको भागबण्डाका कारण सर्वदलीय सहमति एकदमै बदनाम भएको भन्दै उनले त्यो सहमति राष्ट्र निर्माणमा लगाएर त्यसको गरिमा फर्काउन चाहने बताएका छन् ।
‘उदाहरणका लागि शिक्षा, हामीलाई कस्तो नागरिक चाहिन्छ ? कस्तो शिक्षा प्रणाली चाहिन्छ ? यो प्रश्न केवल सरकारको होइन, समाजको भविष्यको हो । त्यसैले शिक्षा नीति राष्ट्रिय सहमतिको विषय हो’, लामिछानेले भनेका छन्, ‘नागरिकको आधारभूत स्वास्थ्य अधिकार, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य बीमा र गुणस्तरीय सेवा कुनै दल विशेषका मात्र चासोका विषय होइनन् ।’
उनले सडक, रेल, जलविद्युत, सिँचाइ, खानेपानी, डिजिटल पूर्वाधारजस्ता परियोजना र राष्ट्रिय गौरवका योजनाहरूमा साझा धारणा बनाउन अग्रसरता लिने बताएका छन् ।
त्यस्तै उत्पादन र रोजगारी, सुशासन, संविधान र निर्वाचन प्रणाली सुधार, परराष्ट्र नीति र राष्ट्रिय हित, जलवायु सङ्कट र प्राकृतिक स्रोतको उपयोगमा पनि सिङ्गो देश एकमत नहुने कुनै कारण नभएको लामिछानेले बताएका छन् ।
‘हामी चाहन्छौँ, सरकार बदलिए पनि राज्यको दिशा, आधारभूत नीति र राष्ट्रिय लक्ष्य नबदलियोस्’, प्रतिवेदनमा लामिछानेले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण