रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि आज राति मतदान हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि आज राति ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको हो ।
आयोगले आज अपराह्न ४ बजे 'राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३' को दफा ९ बमोजिम चौथो पटक संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको समय तय गरेको हो । संशोधित तालिका अनुसार आजै दिउँसो ३ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो भने बेलुका ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको छ ।
आयोगका अनुसार बेलुका ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने ६ः३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बेलुका ६ः४५ बजेदेखि 'मौन अवधि' सुरु हुने छ । यस मौन अवधिको करिब पौने दुई घण्टापछि मतदान प्रक्रिया अघि बढाइने कार्यतालिकामा उल्लेख छ ।
पार्टीका केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्न चाहनेहरूले हिजो असार ९ गते नै फारम वितरण तथा दर्ताको प्रक्रिया पूरा गरिसकेका थिए । आज राति हुने मतदान सम्पन्न भएको दुई घण्टापछि नै मतगणना सुरु गरिने र परिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
-
सकियो समूह चरणका दोस्रो खेलहरूः कसलाई बलियो मान्ने ?
-
आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
-
डाक्टरको उपाधि दुरुपयोग गर्दै उपचार गर्ने महिला पक्राउ
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण