टानका निवर्तमान अध्यक्ष सुवेदीले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
महासंघको चैत २८ र २९ साधारण सभासहित हुने निर्वाचनमा सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रबन्ध निर्देशक रहेका सुवेदी २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय रहेका छन् । ट्रेकिङ, ट्राभल लगायतका क्षेत्रमा रही टानको नेतृत्व समेत संहालिसकेका सुवेदीले सो अनुभव महासंघमा समेत लगाउने बताएका छन् ।
सुवेदी व्यवसायको अलवा सामाजिक संस्था रोटरी क्लब अफ दरबारमार्गको सदस्यका साथै लायन्स क्लब अफ नेपाल प्याराडाइजको अध्यक्ष समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु
-
‘मध्यरातमा रानीपोखरीमा लगेर मानसिक दबाब दिए, प्रहरी घेरामा बयान गराए’
-
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक