शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारत: राम नवमीमा मन्दिर जाँदा इनारमा खसेर मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो

शुक्रबार, १७ चैत २०७९, १० : ५३
शुक्रबार, १७ चैत २०७९

मध्य प्रदेशको इन्दौरमा राम नवमीमा भएको दुर्घटनामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । 

बिहीबार इनारबाट १४ जनाको शव निकालिएको थियो । बिहीबार राती र शुक्रवार बिहानसम्म २० थप मानिसको शव निकालिएको छ । 

सुनिल सोलंकी नामका एक व्यक्तिको खोजी जारी छ । 

उद्धार कार्य जारी छ । यसका लागि १४० उद्धारकर्मी जुटेका छन् । सेना पनि घटनास्थलमा छन् । 

बिहीबार अबेर रातीसम्म इनारबाट १८ जनाको उद्धारसमेत गरिएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । 

इनारलाई छोप्न बनाइएको स्ल्याब भत्किएपछि मानिस त्यसभित्र खसेका हुन् । त्यहाँबाट मानिसको उद्धार गर्न पहिला पानी निकाल्नुपर्छ तर त्यसको केही घण्टाभित्रै त्यहाँ पुनः पानी भरिन थाल्छ । 

प्रत्यक्षदर्शीका अनुसार दुर्घटना यति छिटो भयो कि सम्हालिने मौकासमेत पाइएन ।

capture1कहाँ, कहिले भयो दुर्घटना ?

राम नवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव मन्दिरमा एउटा इनारको छत भत्किएको थियो । राम नवमीका कारण मन्दिरमा अत्यधिक भीड थियो ।

जुन इनारलाई सिमेन्टको स्ल्याबले ढाकिएको थियो त्यहाँ हवन कुण्ड बनाइएको थियो । दुर्घटनाका बेला यसै स्ल्याबमा बनेको हवन कुण्ड नजिकै मानिसहरू बसेका थिए ।

मानिसको चापका कारण स्ल्याब भत्कियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप