शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ : अध्यक्ष नेपाल

सोमबार, २० चैत २०७९, १३ : ३३
सोमबार, २० चैत २०७९

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।  सोमवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मानव जातिका लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताए । उनले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताए । 

उनले भने, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनैपनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’ अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिलसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप