प्रदेश कार्यालयभित्र फोहोर फालेको घटनाप्रति टेलिकमको आपत्ति
मङ्गलबार, २१ चैत २०७९, १७ : ३६
पर्सा । वीरगञ्जमा रहेको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय मधेस प्रदेशको कार्यालय परिसरभित्र फोहोर फालेको घटनाप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता शोभन अधिकारीका अनुसार मंगलबार बिहान करिब ९.१५ बजे अचानक १५÷२० जना अनधिकृत व्यक्तिहरूको समूहले ५÷७ ट्याक्टर फोहोर फालेका थिए । महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानविरुद्ध हुने गरी भएको घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर परेको टेलिकमले बताएको छ । अधिकारीले यस्तो अमर्यादित कार्यको भर्त्सना गर्दै यस्ता अवाञ्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण