बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई भेटेपछि माधव नेपालले भने -'उपनिर्वाचनमा सत्ता गठबन्धनको जित सुनिश्चित छ'

बिहीबार, २३ चैत २०७९, ०९ : ०८
बिहीबार, २३ चैत २०७९

बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बारा पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताए । 

बाराको कलैया स्थित एक होटेलमा भएको भेटमा चुनावी सहकार्यका विषयमा पनि छलफल भएको नेता नेपालले बताए । उनले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरे । 

सो अवसरमा अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप