आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन बन्ने

बिहीबार, २३ चैत २०७९, २३ : ००
बिहीबार, २३ चैत २०७९

गोरखा । गोरखा बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन निर्माणको तयारी गरिएको छ । बुढीगण्डकीमा क्षेत्रमा पिपिए भैसकेका र पिपिए हुने लाइनमा रहेका हाईड्रो व्यवसायीहरुको बिहीवारको भेलाले सो क्षेत्रमा तत्काल १३२ केभिए प्रसारण लाइनको खाँचो औंल्याएको हो । सो क्षेत्रमा बन्ने तयारीमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाटभन्दा बढिका आयोजनाहरू रहेको र सबै आयोजनाहरूमा कन्ट्रकसन पावरको समस्याले अन्योलता कायम रहेका बेला व्यवसायीहरुले सो कुरा औंल्याएका हुन् । व्यवसायीहरुले बुढी गण्डकी करिडोर आयोजना सञ्चालकहरूको समूह समेत निर्माण गरेका छन् ।

आयोजनाका सञ्चालकहरूले बिहीवारै उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री शक्त्तिबहादुर बस्नेतसँग भेट गरी  बुढी गण्डकी करिडोरमा ट्रान्समिसन लाइनको समस्या हल हुने गरी काम हुनुपर्नेमा जोड दिएका छन् । मन्त्रीसँगको भेटामा उनीहरुले त्यस क्षेत्रमा तत्काल साना ठुला गरि १०० मेगावाटभन्दा बढी हाईड्रोपावरले काम थाल्न सक्ने अवस्था रहेको जानाकारी गराएका छन् । 

भेटमा युवा व्यवसायी कृष्ण घिमिरे र सरोज धिताल सहित अन्य व्यवसायीहरूले सो क्षेत्रमा ट्रान्समिसन लाइन नै लाइफ लाइन रहेकोले ट्रान्समिसन लाइन बन्नु भनेको हाइड्रो पावरको क्षेत्रमा क्रान्ति नै शुरू हुने बताए । घिमिरे र धितालले उक्त क्षेत्रमा ४.५५ मेगावाटको आयोजना सम्पन्न गरिसकेका छन् ।

भेटका क्रममा मन्त्री बस्नेतले गोरखाको उत्तरी भूगोल र बुढी गण्डकी आसपासका बारेमा आफू पनि जानकार रहेको बताउँदै त्यस क्षेत्रको विकासमा हाईड्रोपावरको महत्वपूर्ण भूमिका हुनसक्ने बताए । मन्त्री बस्नेतले माछाखोलालाई नै प्रसारण लाइनको हबको रुपमा निर्माण गर्नेगरी अघि बढ्ने बताउँदै गोरखाको सो क्षेत्रमा आफ्नो ध्यान जाने व्यवसायीहरुलाई आश्वासन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप