बिहारको तरकारी बजारमा आगलागी हुँदा सयभन्दा बढी पसल नष्ट
बोधगया । बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।
अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।
साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैसगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।
खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन्- 'आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्याभयो । लाखौंको नोक्सानी गरायो ।' निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।-(रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण