उमेश पाल हत्या प्रकरण : अतिक अहमदका छोरा असद इन्काउन्टरमा मारिए
प्रयागराजको चर्चित उमेश पाल हत्या प्रकरणमा परेका बाहुबली नेता अतिक अहमदका छोरा असद अहमद झाँसीमा प्रहरी इन्काउन्टरमा मारिएका छन् । मुद्दाका अर्का अभियुक्त गुलाम मोहम्मदको पनि मुठभेडमा मृत्यु भएको थियो ।
उमेश पाल हत्या प्रकरणमा प्रहरीले यी दुई अभियुक्तको खोजी गरिरहेको थियो । दुवैमाथि पाँच लाख रुपैयाँ पुरस्कार राखिएको थियो । उत्तर प्रदेश प्रहरीका अनुसार यो कारबाही उत्तर प्रदेश र झाँसी प्रहरीको संयुक्त अभियान थियो । प्रहरीका अनुसार यी ‘इनकाउन्टर’ दुई डेपुटी एसपी नवेन्दु र विमलको नेतृत्वमा गरिएको थियो ।
प्रहरीका अनुसार असद करिब २० वर्षका थिए । दुवैको साथबाट विदेशी हतियार पनि बरामद भएको उनको दाबी छ ।
मारिएका दुईजनाबारे प्रहरीले उमेश पालको हत्यामा गोली प्रहार गर्ने दुवै जना रहेको दाबी गरेको छ । उनका अनुसार सीसीटीभीमा दुवैले गोली चलाएको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण