शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

सोमबार, ०४ वैशाख २०८०, १० : ५६
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र बैंकले तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्छन् । यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ । 

कूल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप