धर्नाबारे भ्रम उत्पन्न भयोः नेपाल टेलिकम
काठमाडौँ । नेपाल टेलिकमले केन्द्रीय कार्यालयको प्रांगण बाहिर केही व्यक्तिहरुले धर्ना दिएकोबारे आम सर्वसाधारण र सञ्चारमाध्यममा समेत भ्रम उत्पन्न भएको भन्दै त्यसबारे स्पष्ट पारेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा कम्पनीले सेवा विस्तार, मर्मत सम्भार लगायतका कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेर सेवा लिने गरेको उल्लेख छ ।
जसअनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरुसँगको दायित्व पनि समाप्त हुने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
सोहीअनुसार केही दिन पहिले सम्पन्न व्यवस्था अनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएर प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको अधिकारीले बताए ।
यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था रहेको उनले बताए । ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ’, टेलिकमले स्पष्ट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण