आउट सोर्सिङ’ गरेको कम्पनीका कर्मचारीको दायित्व टेलिकमले लिँदैन : प्रवक्ता अधिकारी
काठमाडौँ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले ‘आउट सोर्सिङ’ गरेको कम्पनीका कर्मचारीमाथिको दायित्व आफूहरुको नहुने बताएका छन् । टेलिकमले आफ्नो सेवा वितरण गर्न ‘आउट सोर्सिङ’का लागि सम्झौता गरेको कम्पनी ‘गरुड सर्भिस’का कर्मचारीले टेलिकम कार्यालयमा प्रदर्शन गरेपछि कम्पनीको दायित्व नहुने अधिकारीले बताएका हुन् ।
रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘हामीले आफ्नो आवश्यक्ताअनुसार आउट सोर्सिङका लागि गरुड सर्भिससँग सम्झौता गरेको थियो । सम्झौताको अवधि सकिएपछि थप गरिएन ।’ तर, उक्त कम्पनीका कर्मचारीले रोजगारी सुरक्षाको ग्यारेन्टी माग्दै टेलिकम कार्यलयअघि प्रदर्शन गरेका थिए ।
यही विषयमा रातोपाटीको प्रश्नमा प्रवक्ता अधिकारीले भने, ‘हामीले आफनो अवाश्यक्ता र प्रतिस्पर्धाका आधारमा अर्को कम्पनीसँग आउट सोर्सिङको सम्झौता गरिक्यौं । प्रतिस्पर्धाका आधारमा छनोट हुने कम्पनीसँग सम्झौता गर्छौं ।’ यहीकारण, अन्य कम्पनीका कर्मचारीको रोजगारीको जिम्मेवारी टेलिकमले लिन नसक्ने समेत प्रवक्ता अधिकारीको भनाई छ ।
यस्तै, आवश्यक्ताअनुसार करारका कर्मचारी समेत हटाउने अधिकार ऐन कानूनले दिएकाले आउट सोर्सिङको सम्झौता सकिएपछि थप सम्झौता गर्ने नगर्ने अधिकार कम्पनीको भएको समेत उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण