बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आउट सोर्सिङ’ गरेको कम्पनीका कर्मचारीको दायित्व टेलिकमले लिँदैन : प्रवक्ता अधिकारी

सोमबार, ०४ वैशाख २०८०, २१ : ३६
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले ‘आउट सोर्सिङ’ गरेको कम्पनीका कर्मचारीमाथिको दायित्व आफूहरुको नहुने बताएका छन् । टेलिकमले आफ्नो सेवा वितरण गर्न ‘आउट सोर्सिङ’का लागि सम्झौता गरेको कम्पनी ‘गरुड सर्भिस’का कर्मचारीले टेलिकम कार्यालयमा प्रदर्शन गरेपछि कम्पनीको दायित्व नहुने अधिकारीले बताएका हुन् ।

रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘हामीले आफ्नो आवश्यक्ताअनुसार आउट सोर्सिङका लागि गरुड सर्भिससँग सम्झौता गरेको थियो । सम्झौताको अवधि सकिएपछि थप गरिएन ।’ तर, उक्त कम्पनीका कर्मचारीले रोजगारी सुरक्षाको ग्यारेन्टी माग्दै टेलिकम कार्यलयअघि प्रदर्शन गरेका थिए ।

यही विषयमा रातोपाटीको प्रश्नमा प्रवक्ता अधिकारीले भने, ‘हामीले आफनो अवाश्यक्ता र प्रतिस्पर्धाका आधारमा अर्को कम्पनीसँग आउट सोर्सिङको सम्झौता गरिक्यौं । प्रतिस्पर्धाका आधारमा छनोट हुने कम्पनीसँग सम्झौता गर्छौं ।’ यहीकारण, अन्य कम्पनीका कर्मचारीको रोजगारीको जिम्मेवारी टेलिकमले लिन नसक्ने समेत प्रवक्ता अधिकारीको भनाई छ ।

यस्तै, आवश्यक्ताअनुसार करारका कर्मचारी समेत हटाउने अधिकार ऐन कानूनले दिएकाले आउट सोर्सिङको सम्झौता सकिएपछि थप सम्झौता गर्ने नगर्ने अधिकार कम्पनीको भएको समेत उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप