कविता : आमा
जिउँदा, मर्दा आमा भन्न पाउँ
यो भन्दा ठूलो संसारमा कुन छ र ठाउँ ? ।१।
प्रेम र मायाको संगम दर्शन पाउँ
धर्म कर्म, मठ, मन्दिर किन धाउँ ? ।२।
अर्ति, उपदेश सधैँ दिने तिमी हौ आमा
दर्शन ढोग गरें भित्री हृदयबाट ।३।
ज्ञान र बुद्घिको तिमी हौ खानी
दुःख कष्ट कहिल्यै दिने छैन जानी नजानी ।४।
वायु, धर्ती, देवी, माता धेरै तिम्रो नाम
तिमीले देखाएको पथ र सत्कर्म पुरा गर्ने मेरो काम ।५।
माया, ममता, सधैँ सधैँ पाइराखु म चोट कहिल्यै दिन्न
आमाको बदला स्वर्गै दिए पनि मलाई चाहिन्न । ।६।
पाइला पाइलामा, प्रत्येक धड्कनमा आमा
दुःख, सुख, आपत विपद पर्दा सधँै अगाडि आमा ।७।
कसरी गरुँ तिम्रो बयान म बबुरो अज्ञानीले
दीर्घायू, प्रगति सधैँ हाँसी रहनु रक्षा गरुन् भगवान्ले ।८।
युग युग बाँच मेरी आमा यही हो मेरो चाहना
सुस्वास्थ्य, दीर्घायू प्रगति आमा हजुरलाई शुभकामना ।९।
पुल्चोक, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण