आमा सबथोक हुन्
बिहीबार, ०७ वैशाख २०८०, १२ : १७
आमा
सिङ्गो संसार हुन्
कसरी बताउँ
शहर,मुलुक र प्रान्तको बारेमा
आमा
सिङ्गो विश्वविद्यालय हुन्
कसरी सिकाउँ
जिन्दगीका पाठ र विषयका बारेमा
आमा सिङ्गो शब्दकोश हुन्
कसरी अथ्र्याउनु
जीवनका अप्ठ्यारा शब्दहरुका बारेमा
आमा
अमुल्य सम्पत्ति हुन्
कसरी बखान गरुँ
घर जग्गा, धनदौलतका बारेमा
आमा
बगैंचा हुन्
कसरी देखाउनु
रंगीचंगी फुलहरु हुन्छन्
कसरी भन्नु
गुलाफमा काँडा हुन्छ
कसरी भनुँ
फुलमा भमराहरु डुल्छन्
कसरी सिकाउनु
गोडमेल गर्नुपर्छ,
मलजल गर्नुपर्छ
आमा
सिङ्गो हृदय हो
कसरी भनुँ
हृदयभित्र सबै अँट्छ ।
आमा
सिङ्गो कविता संग्रह हो
कसरी लेखुँ
भिन्न भिन्न शीर्षकहरु
भिन्न भिन्न भावका कविताहरु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण