वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपाल सरकारले आयातबाट २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट आयातित वस्तुबाट उक्त राजश्व संकलन भएको हो । गत महिना फागुनसम्म २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । यो चैत महिनासम्ममा संकलन भएको भन्सार राजश्वको तुलनामा ३४ अर्बले बढी हो । सरकारले २०७८ वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध लगाएको थियो ।
डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन, १५० सीसीमाथिका मोटरसाइकल, महंगा मोबाइल, तास, कुरकुरे–कुरमुरे–लेज, खेलौना लगायतका वस्तु आयातमा कडाई गरिएको थियो । फलस्वरुपः नेपालको आयात नै प्रभावित बनेको थियो । विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित गरिएको प्रतिबन्ध पुस महिनादेखि लागू हुनेगरी खुलाइएको थियो । जसको प्रभाव यतिबेला देखिन थालेको हो । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आयात प्रतिबन्धसँगै सरकारको राजश्व लक्ष्य नै प्रभावित बनेको थियो ।
आयातबाट वार्षिक ६ खर्ब २८ अर्ब रुपैयाँ आसपास राजश्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा २ खर्ब ७६ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले भन्सार राजश्व, अन्तशूल्क र सडक निर्माण दस्तुर लगायतका शीर्षकमा उक्त राजश्व संकलनको लक्ष्य लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण