मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक व्यापार : ९ महिनामा २ खर्ब ७६ अर्ब राजश्व संकलन

बिहीबार, ०७ वैशाख २०८०, १३ : १२
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा नेपाल सरकारले आयातबाट २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट आयातित वस्तुबाट उक्त राजश्व संकलन भएको हो । गत महिना फागुनसम्म २ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको थियो । यो चैत महिनासम्ममा संकलन भएको भन्सार राजश्वको तुलनामा ३४ अर्बले बढी हो । सरकारले २०७८ वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध लगाएको थियो ।

डिजेल–पेट्रोलबाट चल्ने सवारी साधन, १५० सीसीमाथिका मोटरसाइकल, महंगा मोबाइल, तास, कुरकुरे–कुरमुरे–लेज, खेलौना लगायतका वस्तु आयातमा कडाई गरिएको थियो । फलस्वरुपः नेपालको आयात नै प्रभावित बनेको थियो । विदेशी मुद्राको सञ्चिती जोगाउने लक्ष्यसहित गरिएको प्रतिबन्ध पुस महिनादेखि लागू हुनेगरी खुलाइएको थियो । जसको प्रभाव यतिबेला देखिन थालेको हो । आयातमा आधारित नेपालको अर्थतन्त्रमा आयात प्रतिबन्धसँगै सरकारको राजश्व लक्ष्य नै प्रभावित बनेको थियो ।

आयातबाट वार्षिक ६ खर्ब २८ अर्ब रुपैयाँ आसपास राजश्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा २ खर्ब ७६ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले भन्सार राजश्व, अन्तशूल्क र सडक निर्माण दस्तुर लगायतका शीर्षकमा उक्त राजश्व संकलनको लक्ष्य लिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप